छैठौं सर्ट फिल्म फेस्टा–०२२ का लागी आब्हान

छैठौं सर्ट फिल्म फेस्टा–०२२ का लागी आब्हान

छायाँ छबी क्रियसनले नियमित रुपमा आयोजना गर्दै आइरहेको छोटा चलचित्रहरुको महोत्सब‘ काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ छैठौं संस्करणका लागी आब्हान गरेको छ । यो फेस्टाका लागी २०७९ असार २६ गतेसम्म दर्ता गरी सक्नुपर्ने आयोजक संस्था छायाँ छबिले जनाएकोे छ ।

‘काठमाडौं सर्ट फिल्म फेस्टा–०२२’ मा छोटा चलचित्र एव ंछोटा बृत्तचित्रले भाग लिन पाउने छन् । छोटा चलचित्र एवं छोटा बृत्तचित्रको अवधी २ मिनट देखी ५९ मिनट भित्रको हुनुपर्नेछ ।
नेपालमा पछिल्लो समय छोटा चलचित्र एवं बृत्तचित्रको निर्माण बढेको छ ।

छोटा चलचित्र एवं बृत्त चित्र उत्कृष्ट गुणस्तर र प्रविधिमा निर्माण हुन पनि थालेका छन् । यस्ता चलचित्र एवं बृत्त चित्रलाई उचित स्थान दिँदै दर्शकसम्म पु¥याउनर अझै गुणस्तरयुक्त निर्माणमा सघाउ पुराउन फेस्टा आयोजना गररिहेको फेस्टा एवं छायाँछबिका अध्यक्ष शान्ति प्रियले बताए ।

 

नेपाली छोटा बृत्तचित्र एवं चलचित्रले अन्तराष्ट्रिय महोत्सबमा अवार्ड प्राप्त गर्ने क्रम बढेको छ । त्यस्ता वृत्तचित्रलाई स्वदेशमा समेत प्रोत्साह नगरिन पर्छ भन्ने पनि फेस्टाको उद्येश्य रहेको छ । सोही कारण उत्कृष्ट छोटा सिनेमा तथा डकुमेन्ट्रीलाई अवार्डमा पुरस्कृत सम्मानीत गरीन लागीएको हो ।

फेस्टामा सहभागी चलचित्रलाई बेष्ट सर्ट फिल्म (फिक्सन), बेष्ट सर्ट फिल्म (फिक्सन) निर्देशक, बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री), बेष्ट सर्ट फिल्म (डकुमेन्ट्री) निर्देशक, बेस्ट कन्सेट÷स्कृप्ट, बेष्टबायो पिक डकुमेन्ट्री, जुरी अवाड, पब्लिकच्वाईसअवार्ड, बेष्टम्यासेज फिल्म,इनकरेजमेन्टअवार्ड आदी बिभीन्न बिधामाअवार्ड प्रदान गरिनेछ ।

यी मध्ये बेष्ट सर्ट फिल्म (फिक्सन) र बेष्ट सर्ट फिल्म (डक्युमेन्ट्री)लाई क्रमशःट्रफी, प्रमाणपत्र र १० हजार रुपैयाँ प्रदान गरिने छ । बाँकी विधामा भने ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने छ ।


 

 

लोकप्रिय