सातामा ६ दिन शेयर कारोबार

सातामा ६ दिन शेयर कारोबार

सातामा ६ दिन शेयर कारोबार

अब शनिबारबाहेक सबैदिन शेयर बजार खुल्ने भएको छ ।

शेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको शेयर कारोबार अब ६ दिन नै खुलाउने तयारी गरेको हो ।

सरकारले आइतबारको सार्वजनिक बिदा खारेज गरेसँगै नेप्सेले सातामा ६ दिन नै (शनिबार बाहेक) सेयर कारोबार खुल्ला गर्न लागेको जनाएको छ ।

यसअघि शनिबार र आइतबार सार्वजनिक बिदा गर्ने सरकारको निर्णयपछि शुक्रबार शेयर कारोबार खुला गरेर आइतबार बन्द गरिएको थियो ।

सरकारले असार १ गतेदेखि आइतबार दिएको सार्वजनिक बिदा खारेजको निर्णय गरिसकेको छ ।

सरकारले आइतबार दिएको बिदा खारेज गरे पनि नेप्सेले शुक्रबार पनि शेयर कारोबार खुल्ला राख्ने निर्णय गरेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले शुक्रबार शेयर कारोबार खुल्ला गर्ने विषयमा निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आइतबारदेखि बिहीबारसम्म साविककै समय ११–३ बजेसम्म र शुक्रबार भने १ बजेसम्म शेयर कारोबार हुनेछ ।

लोकप्रिय