भदौ २५ देखि कात्तिक ५ मा एनएसएल गर्न एन्फाको अनुमति
काठमाडौं ।फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा०ले आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) लाई नयाँ मिति दिएको छ । एन्फाले आयोजकलाई पत्र पठाउँदै भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल सञ्चालनका लागि समय उपलब्ध गराएको जनाएको छ ।
यसअघि गत चैत अन्तिम बाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजक बीच खेलाडी अक्सनको विषयमा विवाद हुँदा तोकिएको समयमा हुन सकेन । एनएसएल र क्लब बीचको विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यस बारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो । त्यसपछि आयोजकले एन्फा समक्ष भदौ २५ देखि कात्तिक ५ गते सम्मको मिति उपलब्ध गराउन माग गरेको थियो ।
तर एन्फाले भदौ १५ देखि असोज २५ सम्मको नयाँ मिति दिए पनि नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले भदौ २५ देखि कात्तिक ५ गते सम्मकै समय दिन भनेको थियो ।


प्रतिकृया दिनुहोस्