नबिल बैंकमा आकर्षक सुबिधा सहितको पर्यावरण मैत्री व्यवसाय ऋण कर्जा सुबिधा
काठमाडौँ । पर्यावरणमैत्री व्यवसाय तथा दिगो विकास सम्बन्धित व्यवसायहरुको वित्तिय व्यवस्थापनमा सहयोग गर्ने लक्ष्यका साथ नबिल बैंकले पहिलो पटक पर्यावरणमैत्री व्यवसाय ऋण कर्जा सुबिधा”Nabil Eco-Friendly Business Loan”जारी गरेको छ ।
फोहोरमैला व्यवस्थापनसंग सम्बन्धित व्यवसायहरु, पर्यावरण मैत्री व्यवसायहरु तथा वन बिनाश र प्रदुषण कम गर्ने लक्ष्य राखेका व्यवसायहरुको वित्तिय आवश्कता पुरा गर्न आकर्षक सुबिधा तथा ब्याजदर सहित नयां कर्जा योजना ल्याएको हो । यस कर्जायोजनाअन्तर्गत बैंकले साबिकको भन्दा शून्य दशमलब ५ प्रतिशत (०.५%) कममाकर्जा उपलब्ध गराउनेछ । बैंकले पर्यावरण मैत्री व्यवसायीहरुको व्यवसाय बढाउन मद्दत गर्नको लागि क्षमता अभिवृद्धि कार्यक्रमहरू र व्यवसाय विकास तथा परामर्श सुबिधाहरु प्रदान गरि व्यवसायीहरू माझ वित्तिय पहुचमा जोड दिनेछ । साथै, आफ्ना ग्राहकवर्ग सम्म व्यवसायको उत्पादन र सेवाहरु वितरणलाई सहज बनाउने उदेश्यले “Nabil SME सहकार्य योजनामा” आबद्ध गराउनेछ ।
“नबिल पर्यावरण मैत्री व्यवसाय कर्जा योजना हाम्रो दिगो बैंकिंग अन्तर्गतको विभिन्न प्रयासहरु मध्यको एक हो, जस अनुरूपफोहोरमैलाव्यवस्थापन, सामाजिक र वातावरणीय मूल्यमान्यता अभिवृद्धि गर्ने लक्ष्य लिएर स्थापना भएका दिगो तथा पर्यावरण मैत्री व्यवसायको क्षमता अभिवृद्धि तथा वित्तिय पहुँचमा बैंकको साझेदारीलाई झल्काउँछ,” बैंकका SME and MF विभागका प्रमुख निरज कुमार बस्नेत (डनिल) बताउँछन् । उनका अनुसार बैंकले यस कर्जा योजना अन्तर्गतका ऋणीहरुलाई एक सफल व्यापार उद्यमको रूपमा विकास गर्न ऋणीहरुलाई विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम तथा सहकार्य योजनाहरुमा समाबेश गर्ने छ ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवाप्रदानगर्दै आएको यस नबिल बैंकको १५० शाखा, १८७ एटिएम र १५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवातगर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको बैकले जनाएको छ ।


प्रतिकृया दिनुहोस्