मतदाता सूचीमा नाम लेखाउने र तस्बिर खिचाउनेको भिड

मतदाता सूचीमा नाम लेखाउने र तस्बिर खिचाउनेको भिड

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली सङ्कलन र अद्यावधिक कार्य सुरु गरेको छ । निर्वाचनको मिति निकट भविष्यमा घोषणा हुने सम्भावना रहेकाले सो घोषणा हुनुपूर्व नै मतदाता नामावलीमा नाम सङ्कलन गर्न योग्यता पुगेका सबै नागरिकलाई आफ्नो नाम दर्ता गराउन आयोगले कार्यारम्भ गरेको आयोगले जनाएको छ ।

आयोगले मतदाता नामावली दर्ता सुरू गरेसँगै सूचीमा नाम दर्ता गराउनेको भिड लाग्न थालेको छ। आज पनि जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा सूचीकृत हुन आउनेको संख्या उल्लेख्य मात्रामा देखिन्थ्यो ।

लोकप्रिय