करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी : अर्थमन्त्री शर्मा

करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी : अर्थमन्त्री शर्मा

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्माले करको दरहरु कायम गर्दा कुनै राष्ट्रघात नगरिएको दावी गरेका छन् । आज बिहीबार संसदमा बजेट बारे उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले भने, ‘राजस्व सम्बन्धी समिति बनाएका करका दररेटहरु प्रति म पूर्ण जिम्मेजार छु, जवाफदेही छु, त्यसमा कतै राष्ट्रघात, गद्दारी भएको छ भने त्यसको म पूर्ण जिम्मेवारी लिन्छु, किनकी यहाँ कुनै राष्ट्रघात भएको छैन ।’लरको सञ्चिति, आयात र उत्पादनलाई समेत ध्यानमा राखेर दरहरु परिवर्तन गरिएको उनले दावी गरेका छन् ।

लोकप्रिय