३२ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल विज्ञापन संघले रक्तदान कार्यक्रम गर्यो

३२ औं वार्षिकोत्सवको अवसर पारेर नेपाल विज्ञापन संघले रक्तदान कार्यक्रम गर्यो

काठमाडौँ । नेपाल विज्ञापन संघले आफ्नो ३२ औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्‍पन्न गरेको छ । संघले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा संघको सचिवालय भवन खरिवोट शान्तिनगरमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा आनका वर्तमान तथा संघका पुर्व पदाधिकारी, सदस्य एजेन्सी र विज्ञापन व्यवसायसँग सम्बन्धित विभिन्न साझेदारहरूको पनि उपस्थिति रहेको थियो । रक्तदानबाट ५७ पिन्ट रगत संकलन गरिएको संघले जनाएको छ ।

 

लोकप्रिय