लोकप्रियतामा एमाले पहिलो पार्टी हो : सचिव अर्याल

लोकप्रियतामा एमाले पहिलो पार्टी हो : सचिव अर्याल

 

काठमाडौ । नेकपा एमालेका केन्द्रीय सचिव पद्मा अर्यालले हालै सम्पन्न स्थानीय निर्वाचनमा एमाले नै लोकप्रियतामा पहिलो पार्टी बन्न सफल भएको बताउनुभयो ।
राजधानीमा नेकपा (एमाले) स्याङ्जा–काठमाडौं सम्पर्क मन्चद्वारा आयोजित स्याङ्जा जिल्लाका स्थानीय तहमा निर्बाचित जनप्रतिनिधिहरुसंगको भेटघाट तथा बधाई एवम् सम्मान कार्यक्रम बोल्दै अर्यालले उक्त कुरा बताउनुभएको हो ।
उहाँले भन्नुभयो–‘प्राविधिक कारणले एमालेले अपेक्षित पालिकाहरुमा जित हाँसिल गर्न सकेन तर, यो निर्वाचनले एमालेलाई जनतामाझ लोकप्रिय पार्टीको रुपमा उभ्याएको छ ।’
पूर्वमन्त्री समेत रहनुभएका अर्यालले नजिकिँदै गरेको संघ र प्रदेशको निर्वाचनमा स्याङ्गजा जिल्लाको २ वटा संघ र ४ वटै प्रदेशमा एमालेले जित हाँसिल गर्ने दाबी गर्नुभयो ।
कार्यक्रममा वालिङ्ग नगरपालिकाका मेयर कृष्ण खाँड, कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिम थापा मगर र विरुवा गाउँपालिकाका अध्यक्ष सूर्य कुँवर कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष सावित्री कोइराला लगायतलाई बधाई तथा सम्मानपत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा स्याङ्गजा जिल्लाका संघीय सांसद नारायण मरासिनी, एमाले सम्पर्क समन्वयका संयोजक श्याम कुमार बस्नेत, नेकपा एमाले गण्डकी प्रदेश सचिवालय सदस्य सोभियत ढकाल लगायतको उपस्थिति रहेको थियो ।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा स्याङ्गजा जिल्लाका ११ पालिकामध्ये ६ वटा पालिकामा नेकपा एमालेले जित हाँसिल गर्न सफल भएको छ ।

कार्यक्रमका केही झलकहरु

 

लोकप्रिय