सेयरमा राजनीति दलहरुको आरोप–प्रत्यारोप

सेयरमा राजनीति दलहरुको आरोप–प्रत्यारोप

 

काठमाडौँ । नेपालको अर्थतन्त्र धरासायी बनिसकेको छ भनेर सर्वत्र चर्चा चलेको छ । हरेक नागरिकले नेपाल पनि श्रीलंकाजस्तै हुन्छ भनेर अनुमान लगाउन थालिसकेका छन् । अस्ति नेपाल राष्ट्र बैंकमा गर्भनर महाप्रसाद अधिकारीले नै यसलाई पुष्टि गरेका हुन् । विदेशी मुद्राको सञ्चिति घट्दै गएको र थप विदेशी मुद्रा नभित्रिएकाले अर्थतन्त्रमा चाप परेको उनको भनाइ रहेको छ । यता, एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि पटकपटक नेपालको अर्थतन्त्र टाँट पल्टिसकेको बताउदै आएका छन् । श्रीलंकाभन्दा नाजुक अवस्थामा हामी आइपुगेको उनी बताउछन् । एमालेका सांसदहरुले पनि नेपालको अर्थतन्त्र डुबिसक्यो, रक्ताम्मे भनिसक्यो भनेर सदनमा कुरा उठाउदै आएका छन् । डा युवराज खतिवडाले पनि बारम्बार अर्थतन्त्रमा क्षति पुगेको दाबी गर्दै आएका छन् । अर्थविद्हरुको पनि कुरो यही नै छ ।

उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले विगत चार दशकको अवधिमा नेपाल खराब अवस्थामा गुज्रिरहेको भनेका छन् । श्रीलंकाकै स्थितिमा पुग्न छिन पनि नलाग्ने उनको भनाइ छ । तर, नेपालको अर्थतन्त्र कसरी टाँट पल्टियो ? सबैले श्रीलंकाकै हालतमा नेपाल देख्नुको कारण के हो ? कोरोनाका कारण उसैपनि विदेशी मुद्रा आउन ठप्प भएको छ । उता, विदेशी ऋण प्रतिदिन बढ्दो छ । वित्तिय संस्थामा तरलता झनै बढिरहेको छ । घर–जग्गा र गाडी खरिदबिक्री पनि रोकिएको छ । सेयर लगानीकर्ताहरु सबै सडकमा छन् । सरकार जनतालाई त्रसित पार्न अघि सरेको छ । राष्ट्र बैंकको गर्भनरले नेपालको अर्थतन्त्र संकटमा पर्यो भनेपछि सबै चिन्ताले पिरोलिरहेका छन् । यतिखेर सबैले कि त उनले पार्टीको दबाबमा आएर यसो भनेको हुनुपर्छ । कि त नेपालको अर्थतन्त्र साँच्नै नै धरासायीमा परेको छ भनेर अनुमान लगाउन थालिसकेका छन् ।

उनले यत्रो थम्भीर विषय उठाउदा पनि सरकार छानबिनमा अघि बढ्दैन् ? अर्थतन्त्र डुबेकै हो भने सरकार बचाउनतिर लाग्नुपर्यो । होइन् भने उनलाई कारबाही गर्नपर्यो । वास्तविकता के हो ? खोजतलास त हुनुपर्यो । गर्भनरले यति सुइको मात्र दिनेबित्तिकै बैंक र सहकारीको अगाडि पैसा निकाल्नेको लाइन लागेको छ । डिपोजिट राख्ने कोही छैनन्, पैसा निकाल्ने मात्र भेटिन्छन् । जसरी हुन्छ आफ्नो रकम संरक्षण गर्नतिर जनता लागिपरेका छन् । आफ्नो लगानी डुबेर सेयर लगानीकर्ताहरु अनशन बसेका छन् । दुई हजार कित्ता पर्ने सेयर एक सय रुपैंयामा बेच्छु भन्दा पनि कसैले किन्दैनन् । मँहगीले आकाश छोइसकेको छ । नेपाल आयल निगमले हात उठाइसकेको छ । अब यसको जवाफ कसले दिने ?

लोकप्रिय