कामना सेवाको KS iMobile माअब  Nepal Pay QRउपलब्ध 

कामना सेवाको KS iMobile माअब  Nepal Pay QRउपलब्ध 

 

काठमाडौ । कामना सेवाविकास बैंक लिमिटेडद्वारा सर्वसुलभ तथा अत्याधुनिक डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ National Payment Switch अन्तर्गतNEPAL PAY QRलाई आफ्नो मोबाईल बैंकिङ्ग(KS iMobile) मा एकीकृत गरिएको छ ।

बैंकले मिति २०७९ साल आषाढ ९ गते बिहीबारबाट  NEPAL PAY QR हरुलाई KS iMobile को  QR Scanner बाट सीधै रकम भुक्तानी गर्नु मिल्ने गरी आफ्नो मोबाइल बैंकिङ्ग एप Update गरेको छ ।

यससँगै कामना सेवा विकास बैंक NEPAL PAY QR एपमा एकीकृत गर्ने पहिलो विकास बैंक बनेको छ । यो सहकार्यसँगै कामना सेवा विकास बैंकका ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैकिङ्ग एपमा उपलब्ध QR Payment प्रयोग गरी EPAL PAY QR हरुलाई रकम भुक्तानी गर्न सक्नुहुने छ।

लोकप्रिय