जीतपुरसिमरा उपमहानगरपालिका विरुद्ध ९९,९९,९९९ को भ्रष्टाचार मुद्दा
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जीतपुरसिमरा उपमहानगरपालिका, नगर कार्यपालिकाको कार्यालय र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले पसाहा खोलाको खोलाजन्य सामाग्री उत्खनन, सङ्कलन तथा बिक्री गर्ने ठेकेदार कम्पनीबाट कार्य सम्पादन जमानत नलिई सम्झौता गरेको भन्दै ९९ लाख ९९ हजार नौ सय ९९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
जीतपुरसिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सेढाईंले पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री गर्ने गरी ओम सप्लायर्स, कलैया उपमहानगरपालिका–६ बारासँग सम्झौता गर्दा बाँकी दुई किस्ताको हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा नलिई सम्झौता गरेको आयोगले जनाएको छ ।
आर्थिक वर्ष २०७६÷०७७ को खोलाजन्य पदार्थ उत्खनन, सङ्कलन तथा बिक्री गर्ने गरी ओम सप्लायर्स, कलैया उपमहानगरपालिका–६ बारासँग सम्झौता गर्दाको बखत बाँकी दुई किस्ताको हुन आउने रकमको ठेकेदार कम्पनीबाट कार्यसम्पादन जमानत लिनुपर्नेमा नलिई सम्झौता गरेको कारण उक्त आर्थिक वर्षमा ठेकेदारको तर्फबाट कबोल बमोजिमको अङ्कमध्ये बाँकी रकम रु. ९९ लाख ९९ हजार नौ सय ९९९मु.अ.करबाहेक० हालसम्म दाखिला हुन नसकी उपमहानगरपालिकाको राजस्व रकम चुहावट हुन पुगेको आयोगको ठहर छ ।
साथै खोलाजन्य पदार्थको उत्खनन तथा बिक्री वितरणको ठेक्का लिएबापत सम्झौताबमोजिम तिर्न बाँकी तेस्रो किस्ताबापतको रकम रु।९९,९९,९९९।९ र बिक्री ठेक्का कबोल अङ्कको हुन आउने मूल्य अभिवृद्धि कर रकम रु।३८,९९,९९९।८७ दाखिला गरेको नदेखिएकोले सो समेत गरी जम्मा रकम रु।१,३८,९९,९९८।८७ सार्वजनिक निकायसमक्ष गरेको कबुलियत, सम्झौता पालना नगरी सार्वजनिक निकायलाई हानि नोक्सानी पुर्याएको भन्दै ओम सप्लायर्स, कलैया।६, बारा र सोही ठाउँ बस्ने प्रोप्राइटर ओम शङ्कर प्रसाद एक करोड ३८ लाख ९९ हजार नौ सय ९८ रुपैयाँ ८७ पैसा कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८९४० बमोजिम सजाय गरी बिगो जफत हुन समेतको माग दाबी लिई विशेष अदालत, काठमाडौँमा आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।


प्रतिकृया दिनुहोस्