भारतीय राजदुत नवीन श्रीवास्तव काठमाडौ आईपुगे

भारतीय राजदुत नवीन श्रीवास्तव काठमाडौ आईपुगे

 

काठमाडौ । नेपालका लागि नव–नियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव शनिबार काठमाडौं आइपुगेका छन् । अनुभवी कूटनीतिज्ञ श्रीवास्तव काठमाडौं आउनुअघि नयाँ दिल्लीमा चीन, जापान, कोरिया र मङ्गोलिया मामिला हेर्ने पूर्वी एसिया डिभिजनको प्रमुखको रुपमा कार्यरत थिए ।

उनले पूर्वी लद्दाख सीमा विवादबारे चीनसँग विभिन्न चरणमा कूटनीतिक वार्ता गर्न भारतीय वार्ता टोलीको नेतृत्व पनि गरेका थिए ।
श्रीवास्तवले सन् २०१५ देखि २०१७ सम्म कम्बोडियाका लागि भारतीय राजदूतका रुपमा काम गरिसकेका छन् । उनी २०१७ देखि २०१९ सम्म चीनको संघाईमा न्यू डेभलपमेन्ट बैंकको महानिर्देशकका रुपमा खटिएका थिए ।

मेरील्याण्ड विश्व बिद्यालयबाट मास्टर इन टेक्नोलोजी गरेका श्रीवास्तवले आईआईटी दिल्लीबाट इलेक्ट्रिकल इन्जिनियरिङमा बीटेक गरेका छन् । साथै उनले वासिङटन, बेइजिङ, संघाई र हङकङमा विभिन्न जिम्मेवार पदमा रही काम गरिसकेका छन् ।

लोकप्रिय