पेट्रोल पम्पको काउण्टरबाट पाँच लाख भन्दा बढी नगद चोरी

पेट्रोल पम्पको काउण्टरबाट पाँच लाख भन्दा बढी नगद चोरी

उदयपुरको त्रियुगा नगरपालिका–३ स्थित उर्जा पेट्रोल पम्पको काउण्टरबाट नगद चोरी भएको छ । काउन्टर फोडेर नगद चारेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३० वर्षीय रोहित कार्की र २५ वर्षीय मनिस सिलवाल छन् ।

आरोपीहरुलाई मंगलबार दिउँसो पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले बताएका छन् । आरोपीहरुले काउन्टरको ताला फुटाएर ५ लाख ६१ हजार नगद चोरेको पम्प संचालकको अरोप छ । आरोपीहरुको साथबाट प्रहरीले ५० हजार ७ सय रुपैयाँ नगद बरामद गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी बोहराले जानकारी दिएका छन् ।

लोकप्रिय