घण्टाकर्ण राक्षसको मुखमा आगो,े नेवारीहरुको पर्व

घण्टाकर्ण राक्षसको मुखमा आगो,े नेवारीहरुको पर्व

काठमाडौँ ।
आज भक्तपुरमा घण्टाकर्ण पर्व मनाइएका छन् । गथांमुगः चःर्७शधव;हे समेत भनिने यो पर्व श्रावण कृष्ण चतुर्दशीका दिन उपत्यकामा रहेका नेवार समुदायले विशेष रुपमा मनाउने गरेका छन् । बिहान घर पूजा गर्ने र साँझ टोलका सबै जना मिलेर केही पर लगेर घण्टाकर्ण राक्षसलाई जलाउने परम्परा रहेको छ ।

भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा धुमधामका साथ यो पर्व मनाउने गरिन्छ । मानवता विरोधी राक्षसबाट मुक्ति पाएको किम्बतन्तीमा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीन खुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उध्याइन्छ ।

राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टा कर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा लग्ने चलन छ । यो क्रममा अश्लिल गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टा कर्ण राक्षसलाई जलाउने प्रचलन रहेको हो ।
परापूर्व काल देखि नै दोबाटो चौबाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिंड्ने मानिससित जगत पैसा उठाई दुख दिने घण्टा कर्ण गठेमङ्गल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाउने गरिएको जनविश्वास रहेको छ ।

लोकप्रिय