साना किसान सवल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ
काठमाण्डौं। कृषिमा आधारीत नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानहरुलाई सवल बनाउनुपर्ने काठमाण्डौंमा आयोजित एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । साना किसान विकास लघुवित्त वित्तीय संस्थालि. को २१ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रुपान्तरणका लागि साना किसानहरुलाई सवल बनाउनु पर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा पूर्व गर्भनर तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्र बहादुर क्षेत्रीले गरिवी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पुरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औल्याउनु भयो ।उहाँले किसानहरुलाई उत्पादनसंगै उत्पादित वस्तुहरुको संकलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यानदिनुपर्ने बताउनुभयो ।
किसानको उत्पादनलाई सिधै वाप्रशोधन गरेर किसानआफैले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उहाँको भनाई थियो । ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारकालागि साना किसानहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले सानाकिसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानहरुलाई संगसंगै अगाडि बढाएमात्र आत्मनिर्भर अर्थतन्त्रनिर्माणमा सहयोग पुग्ने बताउनुभयो ।
कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेलले साना किसानहरुलाई उद्यमसंग जोड्नु पर्ने आवश्यकता औल्याउनुभयो ।नेपाल सरकारले लघु तथा घरेलु उद्यमम विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै उहाँले यसका लाभग्राही साना किसानहरुनै रहेको बताउनुभयो । सचिव पोखरेलले उत्पादित कच्चा पदार्थलाई साना तथा मझौला उद्योगबाट प्रशोधन गरेर बजारमा पठाउन सके त्यसको मूल्य बढ्ने र किसानको आर्थिक अवस्था सुधार हुने बताउनुभयो ।
कार्यक्रममा साना किसान विकास लघुवित्त वित्तीय संस्थालि. का अध्यक्ष खेम बहादुर पाठकले नेपालका दुरदराजका गरिब किसानहरुको जीवन रुपान्तरणमा विगत २१ वर्षदेखीनिरन्तर कामगर्दै आएको बताउनुभयो ।ग्रामिण क्षेत्रमा सानाकिसानहरुले भोगिरहेको आर्थिक समस्यालाई निधान गर्ने एक मात्र संस्था साना किसान विकास लघुवित्त वित्तीय संस्थाभएको दावी गर्नुभयो ।


प्रतिकृया दिनुहोस्