पूर्वमन्त्री शेर्पा र प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्तीसहित ४ नेता दुर्घटनामा, उपचारका लागि काठमाडौ ल्याइँदै
काठमाडौं । नेकपा (एमाले)का नेताहरु सवार निजी कार दुर्घटनामा परेको छ । नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन् ।
नेकपा (एमाले) का पोलिटब्युरो सदस्य एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल घर्ती मगर, पूर्वमन्त्री एवं नेकपा एमालेका नेता कृपासुर शेर्पा, पेम्बा गुरुङ, देवराज राई लगायत सवार कार दुर्घटनामा परेको हो ।
शुक्रबार जिल्लाको कमलामाई नगरपालिका–१४, चन्दनपुरमा उनी सवार कार अनियन्त्रित भएर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ ।
चारैजनालाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । उनीहरुको थप उपचार ट्रमा सेन्टरमा हुनेछ ।


प्रतिकृया दिनुहोस्