लुम्बिनी विकास बैकद्धारा किर्तीमानी आरोहीलाई सम्मान

लुम्बिनी विकास बैकद्धारा किर्तीमानी आरोहीलाई सम्मान

 

लुम्बिनी विकास बैंक लिमिटेडसंग स्थापन काल देखि “निरन्तर सहयात्रा”गर्दै आउनु भएका किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पाले आफ्नो २६औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानर सहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनःगिनिज बुक अफ वल्र्ड रेकडर्र्समा लेखाउन सफल हुनुभएकोमा विकास बैंकले आफ्नो १५औ बार्षिकोत्सवको अवसरमा उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान–पत्रकिर्तीमानी आरोही शेर्पालाइ प्रदान गरेको छ । सो सम्मान–पत्र बैंकका अध्यक्ष श्री दशरथ रिसालले विकास बैंकको केन्द्रीय कार्यालयमा एक समारोहका बिच प्रदान गर्नु भयो ।

किर्तीमानी पर्वतारोही श्री कामी रिता शेर्पा बिगत दुई दशक देखि यस लुम्बिनी विकास बैंक लि. मा“निरन्तर सहयात्री”बनीआबद्घ हुनुहुन्छ । उहाँको यो किर्तीमानी आरोहण आफ्नो लागिमात्र नभएर आफ्नो परिवार, शेर्पा समाजतथा सम्पुर्ण नेपालको लागि आफुले सगरमाथा २६ औं पटक आरोहण गरेको जानकारी दिनुभयो । उहाँको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंकलि. साथै सम्पुर्ण नेपाल तथा नेपालीलाई गौरवान्वित बनाएको छ ।

हाल यस विकास बैंकले ७ वटै प्रदेशमा ८६ वटा शाखाहरु मार्फत कारोबार गर्दै आएको छ यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा”भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । आफ्ना ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्धेश्यले बैंकले मुद्दती खातामा“मासिक” रुपमा ब्याज प्रदान गर्ने बिशेष योजना समेत कार्यान्वयनमा ल्याएको छ ।

लोकप्रिय