श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन ४ गते देखी निष्कासन गर्ने
काठमाडौं । श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले साउन ४ गतेदेखि प्रतिकित्ता १०० रूपैयाँ अंकति मूल्यमा आईपीओ बिक्री खुला गर्ने भएको हो ।इच्छुक लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीले २३ करोड ८९ लाख ५० हजार रूपैयाँ बराबरको २३ लाख ८९ हजार ५०० कित्ता आईपीओ जारी गर्नेछ । जसमध्ये पाँच प्रतिशत अर्थात एक लाख १९ हजार ४७५ कित्ता सेयर सामूहिक लगानी कोषलाई सुरक्षित गरेर बाँकी २२ लाख ७० हजार २५ कित्ता आईपीओ सर्वधारणको लागि छुट्याइएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरूका लागि आईपीओ निष्कासन गरेपश्चात अब सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।


प्रतिकृया दिनुहोस्