पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरण गर्न जनजाति महासंघको माग

पहिचानको आधारमा प्रदेश नं. १ को नामाकरण गर्न जनजाति महासंघको माग

 

काठमाडौं । नेपाल आदवासी जनजाति महासंघले पहिचानका आधारमा प्रदेश नं. १ को नामाकरण गर्नुपर्ने बताएको छ ।प्रदेश १ ले चालु संसद अधिवेसनबाट नामाकरण टुंग्याउने प्रदेश सरकारको तयारी छ ।

यस्तो तयारी भइरहँदा सरकार पक्षका नेताहरुले ऐतिहासिक पहिचानलाई मेटेर नामाकरण गर्नुपर्ने लगायतको प्रस्ताव सार्वजनिक गरेसँगै जनजाति महासंघले आपत्ति जनाएको हो ।महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सोमबार विज्ञप्ति जारी गर्दै ऐतिहासिकताका आधारमा प्रदेश नं. १ को नाम पहिचानको आधारमा राख्न आग्रह गरेका छन् ।

लोकप्रिय