विपन्न वर्गको आर्थिक अवस्थामा सुधार हुने : मन्त्री कुँवर
काठमाडौँ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विपन्न वर्गको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका छन् । कैलालीको धनगढीमा मंगलबार प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन प्रक्रियामा सुधार सम्बन्धि अन्तरक्रिया कार्यक्रमको समापन कार्यक्रममा बोल्दै मन्त्री कुँवरले प्रधानमन्त्री रोजगार कार्यक्रमले विशेषगरी बिपन्न बर्गका नागरिकहरुको आर्थिक अवस्था सुधारमा टेवा पुगेको बताएका हुन् ।
स्थानीय स्तरमा आवश्यकताको पहिचान गरि सोही अनुसार कार्यक्रम कार्यान्वयन गर्दा लक्षित वर्ग त्यसबाट प्रत्यक्ष लाभान्वित हुने मन्त्री कुँवरको भनाइ छ । देश विकासमा युवा जनशक्तिको अनिवार्य सहभागितामा जोड दिँदै उनले दक्ष युवा जनशक्ति उत्पादन र तिनीहरुलाई स्वदेशमै रोजगारी सिर्जना गर्नेतर्फ सबै तहका सरकारहरुको गम्भीर ध्यान जानुपर्ने बताए ।


प्रतिकृया दिनुहोस्