आज २०९औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो

आज २०९औं जन्म जयन्ती विभिन्न कार्यक्रम गरी मनाईयो

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ती । भानु जयन्तीको अवसरमा आज देभैभर विभिन्न कार्यक्रम गरिएको छ । हरेक वर्ष भानु जयन्तीमा काठमाडौंको रानीपोखरी अगाडि रहेको राष्ट्रिय विभूति भानुभक्तको प्रतिमामा माल्यार्पण गरिन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक कार्यक्रमबीच नेपाल प्रज्ञा प्रतिष्ठानमा आचार्यको प्रतिमामा माल्यार्पण गरेका छन् । भानुभक्तको जन्मजयन्ती भारतको दार्जिलिङ, सिक्किमलगायत नेपाली भाषा भाषी धेरै रहेका स्थानमा पनि मनाइन्छ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज २०९औं जन्म जयन्ती । भानु जयन्तीको अवसरमा आज देभैभर विभिन्न कार्यक्रम गरिएको छ ।

१८७१ असार २९ गते (आजैका दिन)नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको हो । उनका पिताको नाम धनञ्जय आचार्य र माता धर्मावतीदेवी हो । पिता धनञ्जय जागिरे हुँदा भानुभक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।काठमाडौंमा बिहानै प्रभातफेरीसहित भानुभक्तको शालिकमा माल्यार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललगायतले माल्यार्पण गरेका हुन् ।

 

लोकप्रिय