फेरि बढ्न थाल्यो कोरोना

फेरि बढ्न थाल्यो कोरोना

 

काठमाडौँ । केही दिनयता मुलुकमा कोरोना संक्रमण निरन्तर उकालो लागेको छ । देशभरका मठमन्दिर, चिडियाखाना, संग्रहालयमा मानिसको भीड यत्तिकै छ । दर्शन गर्ने नाममा बालबच्चा बोकेर मन्दिर धाइरहेका छन् । यता, चिडियाखाना र संग्रहालय पनि कोरोना उत्पादन गर्ने कारखाना बनेका छन् । न मुखमा मास्क छ न सामाजिक दुरीको पालना । घुमघाम गर्ने जानेदेखि त्यहाको हेरचाह गर्नेहरुको मुखमा मास्क छैन् । मन्दिर वरपरका व्यापारीले पनि लापरवाही देखाएका छन् ।

अस्पतालले पनि गैरजिम्मेवारीपूर्ण कार्य गरिरहेको पाइन्छ । कोरोना नभए जसरी अस्पतालभित्र सर्वसाधारणहरु निस्फिक्री डुलिरहेका छन् । सरकारी होस् या निजी सबैले लापरवाही गरेका छन् । सर्वसाधारण र चिकित्सक दुवैले सरकारको मापदण्डको पालना गरेको पाइदैन् । मास्क नै नलगाई भटाभट बिरामी चेकजाँच गरिरहेका छन् । उता, सर्वसाधारणलाई पनि आफ्नो स्वास्थ्यको ख्याल छैन् । यता, सार्वजनिक सवारी साधनको त कुरै नगरौं । भौतिक दुरी त सार्वजनिक यातायातमा सम्भव नै भएन् ।

ढोकासम्म यात्रु हुँदा पनि खाँदेको खाँद्यै गर्छन् । सहचालक र चालकले मास्क नै लगाउदैनन् । फुटपाथको हालत पनि उस्तै छ । सार्वजनिक पार्क लगायतका स्थानमा पनि जनस्वास्थ्य मापदण्ड पालना भएको भेटिदैन् । सिनेमा हल, सुपरमार्केट, वित्तिय संस्था, सरकारी कार्यालय, दोहोरी साँझ, डान्स बार, पार्टी प्यालेस, लामो रोडको सवारी साधनको टिकट काट्ने काउण्टरलगायतका क्षेत्रमा अति नै लापरवाही भएको छ । कसैलाई आफ्नो ज्यानको माया नै भएको देखिदैन् ।

कोरोना बढेको बढ्यै छ तर सबैले ख्यालख्याल गरिरहेका छन् । राजनीतिक दलहरु कार्यक्रम गर्छन् तर एउटा सामान्य मास्क लगाउन बिर्सिन्छन् । धमाधम कार्यक्रम गरेर कोरोना फैलाउने काम नेताद्धारा भइरहेको छ । भाषण ठोक्नेदेखि लिएर सुन्ने सबैको मुख खुल्लै हुन्छ । एउटालाई कोरोना लागेको रहेछ भने त्यहा सबै भ्रष्म हुन्छ । तैपनि कोही पनि अलिकति जिम्मेवार भएका छैनन् । जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, मालपोत र राहदानी विभागमा जतिखेर पनि भीड हुन्छ । मान्छेको हुल हुन्छ । त्यत्रो हुलमा मास्क लगाएका एकदुई जना मात्र भेटिन्छन् । त्यहाँ दुरीको त कल्पनै गरेरै साध्य छैन् ।

लोकप्रिय