नेपालको राजनीतिक अवस्थाबारे अमेरिकामा बहस

नेपालको राजनीतिक अवस्थाबारे अमेरिकामा बहस

काठमाडौ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाली जनसम्पर्क समिति, अमेरिका न्युयोर्कले ‘नेपालको वर्तमान राजनीतिक अवस्था’बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
अमेरिकाको न्युयोर्कमा बसोवास नेपालीका नेपाली समुदायका साथै बिभिन्न संघ सस्थाका नेपाली समुदायको बाक्लो उपस्थित रहेको सो कार्यक्रममा नेपाली कांग्रेस भक्तपुर का सभापति दुर्लभ थापा, कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतम र नेविसंघका पूर्व महामन्त्री मनोजमणि आचार्यले आतिथ्यता स्विकार गरी उपस्थित हुनु भएको थियो ।
अन्तरक्रियामा थापा, गौतम र आचार्यले नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा जानकारी गराउनुका साथै एमसीसी लगाएतमा उठेका जिज्ञासाहरूबारे स्पष्ट पार्दै अमेरिकामा बसेर पानी नेपाल र नेपाली जनताका पिडामा सहयोगी भूमिका निभाउदै देशका बारेमा चासो राखेर कार्यक्रम राखेको धन्यवाद दिदै स्थानीय तहको निर्वाचनमा कांग्रेसको नतिजाका बारेमा पनि जानकारी गराएका थिए ।
प्रतिनिधि सभा र प्रदेश सभाको आउँदै गरेको चुनावका विषयमा कांग्रेस कसरी अगाडि बढ्नुपर्छ भन्नेबारेमा पनि उनीहरूले संग छलफल गरेको बताईएको छ सो कार्यक्रम आनन्द बिष्टको सभापतित्वमा भएको थियो । त्यसोत भोलि बेलुकी दुई हप्ता लामो अमेरिका भ्रमण सकेर सभापति दुर्लभ थापा, केन्द्रिय सदस्य प्रतिमा गौतम, मनोजमणि आचार्य नेपाल फर्कदै हुनुहुन्छ ।

लोकप्रिय