हिमालयन क्यापिटल ,नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र घोराहीसिमेन्ट इन्डस्ट्रिबीच प्रिमियममा धितोपत्र निश्कासनका निम्ति धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता सम्पन्न

हिमालयन क्यापिटल ,नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग र घोराहीसिमेन्ट इन्डस्ट्रिबीच प्रिमियममा धितोपत्र निश्कासनका निम्ति धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक नियुक्ति सम्बन्धि सम्झौता सम्पन्न

काठमाडौँ । नेपाली पुंजीबजारको दिगो विकासका लागि नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्दै आएको यस हिमालयन क्यापिटल लिमिटेडले धितोपत्र व्यवसायिको रुपमा लामो इतिहास बोकेको नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड संगको संयुक्त सहकार्यमा नेपालको औद्योगिक क्षेत्रमा विशेष भूमिका रहेको र वास्तविक क्षेत्रलाई प्रतिनिधित्व गर्नेपश्चिम नेपालको सवै भन्दा ठुलो सिमेन्ट उद्योग श्री घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडसंग उक्त संस्थाकोे७९.४३ लाख कित्ता शेयर प्रिमियम मुल्यमा सार्वजनिक निष्काशन गर्नका लागि निष्काशन तथा बिक्रि प्रवद्र्घन सम्बन्धि सम्झौता गरेको छ ।

सम्झौता समारोहमा धितोपत्र निष्काशन तथा बिक्रि प्रबन्धक संस्था हिमालयन क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री परमेश्वर पन्त, नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री मनिष नारायण जोशी र निष्काशन कम्पनी श्री घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेडको तर्फबाट संचालक श्री आदित्य संघाई ज्यूले सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको छ ।
बिसं २०६४ सालमा दर्ता भई वि.सं २०६९ साल देखि आफ्नै चुनढुंगा खानी मार्फत क्लिंकर उत्पादनगरि व्यवसायिक उत्पादन सुरु गरेको घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड हाल दाङ जिल्लामा रहेको सिमेन्ट तथाक्लिंकर उद्योगबाट नवीनतम प्रबिधि प्रयोग गरि सिमेन्ट तथा क्लिंकर उत्पादन गरिरहेको छ ।

नेपालको उद्योगीकरण र व्यापार प्रवद्र्घनमा उल्लेखनीय योगदान पुर्याउँदै राष्ट्रको विकाशमा हातेमालो गर्ने लामो इतिहास बोकेका प्रख्यात त्रिवेणी र बिशाल समूह बाट संयुक्त रुपमाप्रबर्धित घोराही सिमेन्ट इन्डस्ट्रि लिमिटेड,क्लिंकर उत्पादन क्षमता र सिमेन्ट उत्पादन क्षमताको आधारमा नेपालको प्रमुख दोश्रो उद्योग मध्ये पर्दछ.। हाल कम्पनीले नेपालमा प्रसिद्ध सगरमाथा ब्रान्ड अन्तर्गत क्लिंकर तथाओपिसी र पिपिसी सिमेन्टको उत्पादन तथा बिक्रिवितरण गरिरहेको छ ।

लोकप्रिय