नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिम भोलीबाट सार्वजनिक हुने

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिम भोलीबाट सार्वजनिक हुने

 

नेपाली टी–ट्वान्टी लिग क्रिकेट प्रतियोगिताको टिमहरू भोलि (सोमबार) सार्वजनिक हुने भएका छन् । नेपाल क्रिकेट संघ ९क्यान०ले टिमहरू भोली सर्वजनिक गर्ने योजना भएको बताएको छ । क्यानले पहिलो पटक घरेलु लिग क्रिकेट आयोजना गर्न लागेको हो । पहिलो पटक आयोजना हुन लागेको प्रतियोगितामा ६ टिम खरिदका लागि क्यानले खुल्ला प्रतिस्पर्धा गरेको थियो ।

त्यसबाट आएका कम्पनीहरुलाई छनोट गरेर राख्ने भएको छ । क्यानका अनुसार सार्वजनिक टिममा तीन नेपालका र तीन नेपाल बाहिरका टिम भएको क्यानका एक सदस्यले बताए । ‘६ टिम भोलि सार्वजनिक गर्ने योजना छ । तीन टिम नेपाली कम्पनीले खरिद गरेका छन् भने तीन टिमको खरिस बाहिरका कम्पनीले गरेका छन्,’ उनले रातोपाटीसँगको कुराकानीमा भने ।

क्यानले आयोजना गर्ने लिगको सबै राइट्स भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई बेचेको छ । त्यसैकारण क्यान र सेभेन थ्री स्पोर्ट्स बीचको सम्झौताका विषयलाई लिएर सर्वोच्च अदालत र अख्तियारमा मुद्दा परेको छ ।

 

लोकप्रिय