एनआईटीसीको कार्यकारी निर्देशकमा प्रदिप शर्मा पौडेल नियुक्त

एनआईटीसीको कार्यकारी निर्देशकमा प्रदिप शर्मा पौडेल नियुक्त

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी )को कार्यकारी निर्देशकमा प्रदिप शर्मा पौडेल नियुक्त भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले पर्वतका पौडेललाई एनआईटीसीको कार्यकारीमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गएको जेठ १३ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै रिक्त रहेको पदमा दरखास्त माग गरेको थियो ।तत्कालीन एनआईटीसीका कार्यकारी निर्देशकमा हाल नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) का प्रबन्ध निर्देशक सुनिल पौडेल कार्यरत थिए । पौडेललाई गएको चैत २४ गतेको मन्त्रिपरिषद् बैठकले टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

पौडेल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएसँगै रिक्त रहेको एनआईटीसीको कार्यकारी निर्देशकका लागि सरकारले मागेको आवेदनमा १३ जनाले निवेदन दिएका थिए ।आवेदन आएका मध्येबाट मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको छनोट कमिटीले उत्कृष्ठ तीन जनाको नाम छनोट गरी मन्त्रिपरिषद्मा सिफारिस गरेको थियो । त्यसमध्येबाट सरकारले पौडेललाई नयाँ कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

लोकप्रिय