प्रेस युनियनको महाधिवेशनः संस्थापन इतर पक्षका लम्सालको अग्रता कायमै

प्रेस युनियनको महाधिवेशनः संस्थापन इतर पक्षका लम्सालको अग्रता कायमै

 

हेटौडा । नेपाली कांग्रेसनिकट पत्रकारहरूको संगठन प्रेस युनियनमा संस्थापनइतर पक्षको अग्रता कायमै छ । पछिल्लो मत परिणाममा संस्थापनइतर पक्षबाट अध्यक्षका उम्मेदवार शिव लम्सालले करिब ७७ मतको अन्तरले अग्रता बनाएका छन् ।

कूल ७७७ मत गनिसक्दा लम्सालले ४१६ मत पाएका छन् । संस्थापन पक्षको समर्थन पाएकी अनिता विन्दुले ३३९ मत पाएकी छन् ।

महासचिवमा पनि संस्थापनइतर पक्षले फराकिलो अन्तरले अग्रता कायम गरिरहेको छ । संस्थापन पक्षका उम्मेदवार दीलिप पौडेलले ५०५ मत प्राप्त गरेका छन् । अर्का उम्मेदवार जगन्नाथ दुलालले २३५ मत पाएका छन् । महासचिव पदमा २७० को मतान्तर देखिएको छ ।

लोकप्रिय