कुनै वडा सभापति अन्य दलमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न आग्रह

कुनै वडा सभापति अन्य दलमा प्रवेश नगरेको भन्दै भ्रममा नपर्न आग्रह

 

भक्तपुर ।  नेपाली कांग्रेस सूर्यविनायक नगरसमितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य दलमा प्रवेश नगरेको बताएको छ । केही सञ्चारमाध्यममा नेपाली कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको भन्ने समाचार प्रकाशित भएको प्रति ध्यानाकर्षण भएको जनाउँदैं कांग्रेस सूर्यविनायकले आफ्ना कुनै नेता कार्यकर्ता एमालेमा प्रवेश नगरेको दावी गरेको हो । कांग्रेसले सो समाचारको खण्डन समेत गरेको छ ।

कांग्रेस सूर्यविनायक नगरसभापति निशान ढुंगेलले एक प्रेस विज्ञप्ती जारी गर्दै एमाले प्रवेश गरेका भनिएका राजेन्द्र त्वातीलाई पार्टीले कारवाही गरी साधारण सदस्यबाट समेत निस्काशन गरिसकेको जानकारी दिएको छ । ‘त्वातीले गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका आधिकारिक उम्मेदवारका विरुद्ध बागी उम्मेदवारी दिनुभएको थियो । सोही कारण पार्टीले तत्काल साधारण सदस्यता समेत नरहने गरी निस्कासन गरिसकेको छ,’ विज्ञप्तीमा उल्लेख छ ।

पार्टीले कारवाही गरिसकेका नेता कार्यकर्ताहरुलाई कांग्रेसकै नेता कार्यकर्ता जस्तो गरी प्रचार गरिएको समाचारप्रति कांग्रेसले आपत्ति समेत जनाएको छ । पार्टीले कारवाही गरिसकेका जो कोहीलाई स्वतन्त्र बस्ने वा अन्य दलमा जाने छुट भएको बताउँदैं कांग्रेसले भ्रमको राजनीति नगर्न चेतावनी समेत दिएको छ ।

लोकप्रिय