प्रेस युनियनको सभापतिमा लम्सालको इन्ट्री
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको सभापति पदमा शिव लम्साल विजयी भएका छन् । डा. शेखर कोइराला पक्ष निकटका शिव लम्सालले हेटौंडामा सम्पन्न नवौं महाधिवेशनबाट प्रतिद्वन्द्वी अनिता विन्दुलाई भारी मतले हराउँद बाजी मार्न सफल भएका हुन्।
त्यसैैगरी वरिष्ठ उपाध्यक्षमा प्रेम केसी र महासचिवमा दिलीप पौडेल विजयी भएका हुन् । महासचिवमा पौडेलले संस्थापनका जगन्नाथ दुलाललाई पराजित गरे । खुला उपाध्यक्षमा पनि लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल नकुल अर्याल निर्वाचित भएका छन् ।
खुला उपाध्यक्षकै अर्को एक कोटामा भने संस्थापन पक्षका भीष्मराज ओझा विजयी भएका छन् । यस्तै कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल विजयी भएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशनपछि संस्थापन पक्षसँग हरेक विषयमा मतान्तर राख्दै आएको कोइराला पक्षले प्रेस युनियनको चुनावलाई यसपटक निक्कै प्रतिष्ठाको विषय बनाएको थियो । र, सोहीअनुसार नतिजा पनि ल्याइरहेको छ ।


प्रतिकृया दिनुहोस्