स्वास्थ्य मन्त्रीद्धारा कानुन व्यवसायी बिष्णु गिरी बिशेष नागरिक सम्मानबाट सम्मानीत
काठमाडौ । कानुन व्यवसायी बिष्णु गिरी बिशेष नागरिक सम्मानबाट सम्मानीत भएका छन् । नागकिक क्रियशनको बार्षिक उत्सवको अवसर पारेर कानुन तथा न्यायको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै अधिवत्ता बिष्णु गिरीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङ्गले सम्मान गरेका हुन् ।
खोटाङको सामान्य परिवारमा जन्मिएका अधिवत्ता बिष्णु गिरी मेहनत, इमानदारिता कारण नै कानुन ब्यबसायको क्षेत्रमा आफुलाई अब्बल साबित गदै अगाडि बढेका छन् । लामोे समय पत्रकारीता क्षेत्रमा क्रियाशिल भएर कानुन ब्यबसायमा आएका अधिवत्ता गिरीले अनलाईन दर्ता खारेजी, पत्रकारलाई खोप ब्यबस्थापन, नागरिकता अध्यादेश खारेजी जस्ता राष्ट्रिय मुद्धा जितेपछि चर्चामा छन् । अधिवत्ता गिरी पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहयोग गदै आएका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको बिबिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव छ ।
अधिवत्ता गिरीले मोरङ पब्लिक मा.बि धनिबनी गाउँबाट एसएलसी उर्तिण गर्नुभएका उहाँ काठमाण्डौको रत्न राज्य क्याम्स, त्रिभुवन बिश्व बिद्यालय तथा नेपाल ल क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका हुन् । अरुले यसो गरयो उसो गरयो, यो गरेन त्यो गरेन भन्नु भन्दा आफले के गर्ने, कसलाई गर्ने, किन गर्ने र किन नगर्ने भन्ने कुरा मनन गरी केही न केही गर्नु पर्दछ भन्ने सोच राख्ने अधिवत्ता हुन् गिरी । आफ्नो पेशा प्रती इमानदार र जिम्मेवार व्याक्तीको रुपमा चिनिएका गिरीको श्रीमति र १ छोरी १ छोरा छन् ।
कठिन समयमा अफ्ठ्याराहरुको सहज अवतरण गर्नसक्ने अधिवत्ता गिरी हिजो कुनै वदनामी र विवादित छविका ब्यक्ति पनि होइनन् । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने गिरी शूरुमा कुनैपनि मुद्धा नआएपछि निरास जस्तै बनेर बरिष्ठ अधिवत्ताहरुको झोला बोक्न पनि खोजेका थिए तर त्यो पनि उनले नपाएपछि सार्वजनिक महत्वका बिषयलाई उठान गरर न्यायिक लडाईमा उनी अधि बढे र मुद्धा पनि जित्तै गएपछि अधिवत्ता लिलानाथ घिमिरेसँग मिलेर एलबी ल फर्म आफैले दर्ता गरेर कानुन ब्यबसायमा लागेका छन् ।
कुनै पनि ब्यबसायमा सफलता हात पार्नु र सफल बन्नु पक्कै पनि सहज कुरा होईन । निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनै पनि कुरामा सफलता हात पार्न सकिन्छ । अथक मेहनत र परिश्रमबाट प्राप्त भएको सफलतालाई बचाई राख्न र समाजको हितमा खर्च गर्न पक्कैपनि चुनौतिपुर्ण काम हो भन्ने अधिवत्ता गिरी अझै पनि न्याय क्षेत्रमा शुद्धिकरणको आवश्यकता रहेकोमा जोड दिन्छन् । न्याय सम्पादनको कामलाई छिटो छरितो तरीकाले सम्पन्न गर्नको लागि सुधार आवश्यक छ ।
अधिबता गिरी, कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, जापाल, उत्तरकोरिया, सिगापुर हङकङ, मलेशिया, कतार, दुबई चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको तालिम समेत लिएका छन् । उनले दजनौ सम्मान तथा पुरस्कार समेत प्राप्त गरेका छन् ।


प्रतिकृया दिनुहोस्