८ वर्षपछि दोस्रो प्रयासमा लम्साल बने प्रेस युनियनको अध्यक्ष

८ वर्षपछि दोस्रो प्रयासमा लम्साल बने प्रेस युनियनको अध्यक्ष

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको ८ वर्षपछि दोस्रो प्रयासमा अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।

८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल प्रेसकर्मी नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

महिला उपाध्यक्षमा सलोजा दाहाल, उपाध्यक्ष उपत्यकामा जिवन भण्डारी, उपमहासचिव खुलामा तीन जना कमल पन्त, युवराज गौतम र रविन्द्र सुवेदी, उपमहासचिव महिला दुइ जनामा दिलिपाश्री अधिकारी र सुलोचना गौतम र उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् । यस्तै सचिव छापा माध्यममा राधा खनाल, सचिव महिलामा मेनुका ढुंगाना, सचिव दलितमा राजन रुचाल निर्वाचित भएका छन् ।

लोकप्रिय