आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यास ब्याक सँगैअतिरिक्तरू.२०० छुट

आइएमई पेबाट उडान टिकटमा सर्वाधिक क्यास ब्याक सँगैअतिरिक्तरू.२०० छुट

काठमाडौँ ।आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित“आइएमई पे”ले हवाई उडान टिकटमा यहीँ श्रावण ४ गतेदेखि पुनःबोनस अफर ल्याएको छ । पहिलो पटक आइएमई पे एपप्रयोग गर्ने ग्राहक वा पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरुले आइएमई पे एप मार्फत हवाइ उडान टिकट काट्दा सर्वाधिक क्यास ब्याकको साथै अतिरिक्तरू.२०० बोनस पनि प्राप्त गर्ने गरी स्किम तयार गरिएको छ ।पहिलो पटक आइएमई पे एप प्रयोग गर्ने ग्राहकहरू व पहिलो पटक आइएमई पे एपबाट हवाइ उडान टिकट काट्ने ग्राहकहरू मात्र यो स्किममा सहभागी हुन सक्नु हुनेछ ।

आइएमई पेको बारेमाः

नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित आइएमई पे मोबाईल वालेट एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो । “आइएमई पे”आइएमर्इ ग्रुप डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको एक उत्पादनहो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली– २०७२ बमोजिम आइएमई डिजिटलले दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो ।

आइएमई पे मोबाईल वालेट मार्फत सेवाग्राही आफैले अथवा एजेन्टहरुको मार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन । यसले व्यक्ति–व्यक्ति बीचमा हुने सामान्य रकम ट्रान्स्फर गर्ने सुबिधा देखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरुमा QR स्कान गरी भुक्तानगर्ने, मोबाईल रिचार्ज गर्ने, र विभिन्न घरायसि तथा कार्यालयका बिलहरु भुक्तान गर्न मिल्ने सेवा प्रदान गर्दै आइरहेको छ । यस मोबाईल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकहरुको पनि सुबिधा उपलब्ध छ ।

आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकको सुबिधाबाट वञ्चित नेपालीतथान्यून बैंकिङ सुबिधाप्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तिय सेवाहरुको पहुँच उपलब्ध गराएर नेपालको वित्तिय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । २० लाखभन्दा बढि ग्राहकहरुलाई सिधै मोबाईल वालेट एपतथाएजेन्टहरु मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवाप्रदानगर्न सफल छ ।

 

लोकप्रिय