कपन डुवान क्षेत्रको ध्यानाकर्षण गराउन समाजवादीका टोली शहरी विकास मन्त्रालयमा
काठमाडौं । बूढानीलकण्ठ नगरपालिकाको कपन क्षेत्रबाट राजनिति गर्नका लागि बर्खाको पानीले तुलसाको मोठ डुब्नुपर्छ । नभन्दै यस्तै भएको छ, ०६२ सालभन्दा अघि यस क्षेत्रबाट दुई खोला निर्वात रुपमा बगिरहन्थ्यो । विकासको नाममा खोलामा ढल हाल्न सुरु भयो त्यस पश्चात ति खोलाहरुले सामान्य वर्षामा पनि ताण्डव देखाईरहेको छ ।
सामान्य वर्षात मै आउने बाढीले नगरपालिका वडा न. १० का वडा अध्यक्ष नवराज भट्टराई, बारका वडा अध्यक्ष शम्भु भट्टराई तथा मेयर मिठाराम अधिकारीको तुलसाको मोठ सधै डुबिरहेको छ । मेयर अधिकारी भर्खरै सत्तारोहण गरेका हुन् भने दुई अध्यक्षहरूको यो दोस्रो कार्यकाल हो ।
यो वर्षाले उनिहरुको मात्र होइन खोलाको मुहान देखी सात तलेसम्म खोला आसपासमा भएको कयौ बस्तीहरु डुवानमा परेका छन् । खोलामा ढलहाल्न खनिएका खाल्टामा परेर बालवालिको मृत्यु नै भईसकेको छ । तर,पनि यसै समस्या माथी भावनात्मक शोषण गर्दै नेपाली काग्रेसका केन्द्रिय सासद गगन थापा एवं पूर्व संविधान सभाका सदस्य डा ।राजन भट्टराई आ—आफ्नो राजनितिक स्वार्थका रोटी सेकाईरहेका छन् । तर, कपन क्षेत्रको समस्याहरु जहाँको त्यही रहेको छ ।
संघ तथा प्रदेशको चुनाव मुखैकमा आएकोले होला यो विषयलाई लिएर आज भोलि उनीहरु दिनहु जसो मन्त्रालय गएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरिरहेको देखिन्छ । यसै क्रमलाइ फलो गर्दै बुढानिलकण्ठ नगरपालिकामा नेकपा एकिकृत समाजवादीका काठमाडौ जिल्ला सचिवको नेतृत्वमा एक टोली हिजो (सोमबार) शहरी विकास मन्त्रालय पुगेर मेटमणी चौधरीलाई कपन डुबान समस्याबारे ध्यानाकर्षण गराएका छन् ।मन्त्रीले कपन डुबान समस्या समाधानको लागि दीर्घकालीन रुपमा ४० करोड बजेट छुट्टयाउने बाचा गरे।
डुबान समस्या बजेटकै समस्याले मात्र सिर्जित समस्या होइन । जनप्रतिनिधिहरूले इमानदारिता पूर्वक समस्या समाधान गर्न नलागेका कारण समाधान नभएको घाम जत्तिकै छर्लङ्गै छ । तसर्थ दशकौँदेखि आफ्नै तुलसाको मोठ डुबाएर राजनीतिक गरिरहेका जनप्रतिनिधिहरू सम्बन्धित विषयमा इमानदार नभएसम्म यो समस्याको समाधान जस्ताको तस्तै रहने देखिन्छ ।


प्रतिकृया दिनुहोस्