एसईईको नतिजा आज सार्वजनिक हुँदै
- dainiksamaj
- २०७९ श्रावण ११, बुधबार
-
210 Shares
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुँदै छ । नतिजा सार्वजनिक गर्ने निर्णय गर्न आज दिउँसो २ बजे बोर्डको बैठक बोलाइएको छ ।
परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले नतिजा आज सार्वजनिक हुने जानकारी दिए । उनले भने, ‘हामी अन्तिम तयारीमा छौं । नतिजा बुधबार आउँछ ।’शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्यांकनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक सत्र २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।
परीक्षामा चार लाख १४ हजार विद्यार्थी सहभागी भएका थिए ।नतिजा ग्रेड अनुसार नै सार्वजनिक गरिने छ । ९० र सोभन्दा माथि अंक ल्याउनेलाई ए प्लस, ८० र सोभन्दा माथि तर ९० भन्दा कम ल्याउनेलाई ए, ७० र सोभन्दा माथि तर ८० भन्दा कम अंक ल्याउनेलाई बी प्लस तथा ६० र सोभन्दा माथि तर ७० भन्दा कम अंक ल्याउनेलाई बी ग्रेड दिइने छ
नतिजा यसरी हेर्न सकिन्छ
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्