एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

 

काठमाडौ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । नतिजा सार्वजनिक हुनुअघि राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयमा बोर्डको बैठक बसेको थियो । बैठक सकिएपछि नतिजा सार्वजनिक भएको हो ।
कोरोनाका कारण दुई वर्ष आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक भए पनि यस वर्ष बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै गत वैशाख ९ गतेदेखि २० गतेसम्म परीक्षा सञ्चालन गरेको थियो । २ हजार ७ परीक्षा केन्द्रबाट ११ हजार ६१५ विद्यालयका २ लाख ५७ हजार ९२४ छात्रा र २ लाख ५७ हजार ५३ छात्र गरी ५ लाख १४ हजार ९७७ परीक्षार्थीले परीक्षा दिएका थिए ।

नतिजा यसरी हेर्न सकिन्छ
एसईईको नतिजा एसएमएस, आईभीआर र वेबसाइटबाट पनि थाहा पाउन सकिन्छ । नेपाल टेलिकमको १६०० नम्बरमा डायल गरी प्राप्त निर्देशन अनुसार नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।
यसैगरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट पनि नतिजा थाहा पाउन सकिन्छ ।

लोकप्रिय