कांग्रेसी रगत–कसैको जीवन
भक्तपुर । महामानव विशेश्वर प्रसाद कोइरालाको ४० औं स्मृति दिवस नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरि स्मरण ग¥यो ।
यसै क्रममा नेपाली कांग्रेस क्षेत्र नं. २ भक्तपुरले वीपीको ४० औं स्मृतिको सन्र्दभ पारेर शंखधर चोकमा रक्तदान कार्यक्रम गरि मनायो । ५२ जना रक्तदाताहरुले रक्तदान गरेको उक्त कार्यक्रमको प्रमुख अतिथि नेपाली कांग्रेस भक्तपुरका बयोवृद्ध नेता प्रजातन्त्रका सेनानी एवं २०४८ सालको आठौं महाधिवेशनबाट निर्विरोध निर्वाचित जिल्ला सभापति राम बहादुर ठकुरी हुनुहुन्थ्यो । हाँले कार्यक्रमको उद्घाटन समेत गर्नुभएको थियो ।
ठकुरीले रक्त दाताहरुलाई धन्यवाद दिँदै महामानवको सम्झनामा यस्ता कार्यक्रम निरन्त गर्दै नेपाली कांग्रेसको महत्व, आवश्यकता एवं कांग्रेसले अंगिकार गरेको प्रजातान्त्रिक समाजवाद सफल बनाउन साथीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा जिल्ला सभापति दुर्लभ थापाले महामानव कोइरालाको स्मरण गर्दै नेपाली कांग्रेस वीपीले गर्नुभएको त्याग र अमूल्य विचारहरुको सदा स्मरण गर्दै उहाँको पथमा लागिरहने प्रण गर्नुभयो ।
कार्यक्रम सञ्चालक नेपाली कांग्रेस प्रदेश नं. २ का सभापति तथा क्षेत्र नं. २ का उपसभापति प्रदीप कार्कीले गर्नुभएको थियो । उक्त अवसरमा कार्कीले महामानव कोइरालाले स्थापना गरेको कांग्रेस उहाँले देखाउनुभएको प्रजातान्त्रिक समाजवादीको लक्ष्य र गरिब जनतालाई पनि मध्यमवर्गीय अवस्थामा पु¥याउनु गर्नुभएको अठोट र कार्यक्रमको स्मरण गर्दै वीपीले देखाउनुभएको मार्गमा लागि रहने दृढता समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रजातन्त्रका सेनानी रामबहादुर ठकुरीलाई प्रजातान्त्रिक आन्दोलनमा लामो अवधि अविचलित संघर्षरत ठकुरीलाई प्रसंसा पत्र प्रदान गर्दै रक्तदाताहरुलाई प्रसंसापत्र प्रदान गरिएको थियो । प्रजातन्त्रको पुनस्थापनाको लामो लडाईमा अनबरत र अबिचलित भएर संघर्षरत नेता ठकुरीलाई प्रसंशा पत्र क्षेत्रीय समितिको तर्फबाट क्षत्रीय समितिका सभापति कार्कीले प्रदान गर्नुभयो । साथै रक्तदाताहरुलाई प्रमुख अतिथि ठकुरीले प्रसंशा पत्र बितरण गर्नु भयो । कार्यक्रमका संयोजक क्षेत्रीय समितिका सहसचिव एवं प्रवक्ता सुसन प्रजापतिले गर्नुभएको थियो ।

कार्यक्रममा प्रजातन्त्रका सेनानी माथवर सिंह बस्नेतले क्षेत्रीय सदस्य मदनकृष्ण श्रेष्ठ, रमा कोइराला, बागमति प्रदेश सदस्य सुमन कार्की र सुनिता खत्री, कांग्रेस पूर्व जिल्ला सभापतिहरु गणेशमान चक्रधर, महेश श्रेष्ठ, कांग्रेस नेता अष्ट कवे एवं मध्यपुर नगरका मेयर सुरेन्द्र श्रेष्ठ लगायत भक्तपुरका कांग्रेस नेताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।


रक्तदाताहरुको उल्लेख्य सहभागिता भएको उक्त कार्यक्रममा छिट्टै कांग्रेसले उत्साही रक्तदाताहरुको चाहना पूर्ति गर्न कार्यक्रम गर्ने बताएको छ । कार्यक्रममा क्षेत्र नं. २ नेपाली कांग्रेस र भक्तपुर रेडक्रसको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।


प्रतिकृया दिनुहोस्