गुणस्तरीय शिक्षाका लागी ब्राइट फ्युचर रोजौं

गुणस्तरीय शिक्षाका लागी ब्राइट फ्युचर रोजौं

 

काठमाडौंको पश्चिम क्षेत्र नैकापस्थित ब्राइट फ्युचर कलेज नेपालको शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षाका लागी आफ्नो छुट्टै र बिशिष्ट पहिचान बनाइसकेको छ। कलेज अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो छलाङ मारेको छ ।
स्थापना कालदेखि नै यस कलेजले बार्षिक परीक्षाहरुमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आइरहेको छ भने संस्थाहरुले लिने परिक्षामा समेत निरन्तर रुपमा छात्रवृत्ति कोटामा यस कलेजका विद्यार्थीहरु अग्रस्थानमा पर्दै विज्ञान तथा ब्यवस्थापन संकायको बार्षिक परिक्षामा उत्कृष्ट स्थान ल्याउन सफल भएको छ।
प्राप्त नतिजालाई हेर्दा कलेजले विद्यार्थीको क्षमता अभिवृद्धिका लागि गरेको कठोर परिश्रमलाई प्रमाणित गरेको छ । यस कलेजले अबलम्बन गरेको महत्वपूर्ण शिक्षण पद्धति भनेकै विद्यार्थी केन्द्रित पठनपाठन पद्धति देखिएको छ । संस्थाले स्कुलतर्फ नर्सरी देखि कक्षा १० सम्म माध्यमिक तह कक्षा ११ र १२ तर्फ बिज्ञान ,व्यवस्थापन तर्फबाट शिक्षा दिइरहेको छ।विद्यार्थीहरुको क्षमताअनुसारको शिक्षा दिनु नै यस कलेजको प्रमुख विशेषता देखिन्छ अब्बल विद्यार्थीलाई एक्ट्राअर्डीनरी बनाउन र कमजोर विद्यार्थीलाई प्रतिस्पर्धा गर्न लायक बनाउन यो कलेज हरपल सफल देखिन्छ ।


जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेको कलेजले गुणस्तरीय शिक्षाका लागी यस कलेजले अनुसासित वातावरणमा अध्यापन गराउँदै आएको छ । अत्याधुनिक भौतिक संरचना, आधुनिक ल्याब, पुस्तकालय, खेल मैदान यो कलेजका विशेषता हुन्।
शिक्षक टिम सम्भवत सबैभन्दा चुस्त, उच्च स्तरको र दिगो तरिकाले व्यवस्थापन गरेको छ। ब्राइट फ्युचर कलेजमा देशभरिबाट आउने शिक्षक, कर्मचारी, प्रध्यापक, किसान र मध्यम व्यापारिहरूको छोरा छोरी पढ्न आइदिएकाले निश्चत रूपमा विद्यार्थीहरू बढी नै सिकाइमा उद्दत छन् । त्यसैले हुनसक्छ आज यो संस्था उत्कृष्ट संस्थाको रूपमा अगाडि बढेको छ। कलेजलाई झन टप १ बनाउन लागिपरेको प्रीन्सिपल श्याम महर्जन बताए ।
कलेजले विभिन्न राष्ट्रिय खेलकुद आयोजना गरिरहेको र राष्ट्रिय खेलाडी पनि उत्पादन गर्नुका साथै राष्ट्रिय खेलकुद आयोजना गर्न लक्ष्य रहेको कलेज व्यवस्थापन प्रमुख दिपक पौडेल बताउँछन् कलेजका लागि नयाँ योजना अगाडि सरेको र नेपालको विद्यालय शिक्षालाई संस्थागत र कलेजलाई नमुना बनाएर अगाडि लैजाने पौडेले बताए ।

लोकप्रिय