लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

लुम्बिनी विकास बैंक लिमिटेडका नवनियुक्त अध्यक्षको शपथ ग्रहण

 

काठमाडौँ । लुम्बिनी विकास बैंक लिमिटेडको सञ्चालक समितिले श्री प्रविण कृष्ण श्रेष्ठलाई सर्वसम्मत रुपमा सञ्चालक समितिको अध्यक्ष चयन गरेको छ । नवनियुक्त अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ ज्यूले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिमनेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा.नीलम ढुङ्गाना तिम्सिना ज्यू समक्षआजमिति २०७९÷०४÷११गतेपद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ ।

नवनियुक्त अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठज्यूले त्रिभुवन विश्व विद्यालयबाट एम.वि.ए.सम्मको शिक्षा हासिल गरि स्ट्याण्र्डर्ड चार्टर्ड बैंक नेपाल लि. (साविक नेपाल ग्रिण्डलेज बैंक लिमिटेड) र माछापुच्छ्रे« बैंक लिमिटेडको उच्च ब्यवस्थापन तहमा रही करीब २ दशक नेपालको बैकिङ क्षेत्रमा सेवा पु¥याउनु भए पश्चात विगत ४ बर्ष देखि लुम्बिनी विकास बैंकको सञ्चालक रहदै आउनु भएको छ । उहाँको कुशल नेतृत्वमा लुम्बिनी विकास बैंकले थप प्रगति गर्ने विश्वास लिईएको छ ।
शपथ ग्रहणकोअवसरमा नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशकडा. गुणा कर भट्ट,निर्देशक श्री बुद्ध राज शर्मा,लुम्बिनी विकास बैंक लि.काप्रमुख कार्यकारी अधिकृत श्री नरेश सिंह बोहराको उपस्थिति रहेको थियो ।

 

 

 

लोकप्रिय