सुनको मूल्य आज प्रतितोला ८०० रुपैयाँले बढ्यो

सुनको मूल्य आज प्रतितोला ८०० रुपैयाँले बढ्यो

 

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ । महासंघले आजको कारोबार भाउ तोक्दै हिजोको तुलनामा सुनको मूल्य बढेको जानकारी दिएको हो । यससँगै, आज चाँदीको मूल्य पनि बढेको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ पुगेको छ । हिजो बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ तेजाबी सुनको मूल्य ९३ हजार ५०० रुपैयाँ थियो ।

हिजो बुधबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको थियो । मंगलबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९३ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदीको मूल्य प्रतितोला ३० रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँ पुगेको छ

लोकप्रिय