माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू

माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको दोस्रो दिनको बैठक शुरू भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ९ बजेबाट बैठक शुरू भएको हो ।बैठक बिहीवारदेखि शुरू भएको थियो । दोस्रो दिनको बैठकमा पोलिटब्युरो चयनलाई निष्कर्षमा पुर्‍याउने र पार्टीको संगठनात्मक कामलाई कसरी अघि बढाउने बारे छलफल हुने बताइएको छ । यसअघि बसेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पोलिटब्युरोको नाम प्रस्ताव गरेका थिए ।

माओवादी केन्द्रको महाधिवेशन गत पुसमा सम्पन्न भएको थियो । महाधिवेशनबाट अपूरो केन्द्रीय कमिटी र अध्यक्षमा प्रचण्ड मात्र चयन भएका थिए । माओवादी केन्द्रले पोलिटब्युरो र पदाधिकारी चयन गर्न सकेको छैन । हालै बसेको केन्द्रीय कमिटी बैठकमा पदाधिकारी चयन गर्न प्रचण्डलाई दबाब दिइएको थियो ।

 

लोकप्रिय