नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेट संघले ऐक्यबद्धता जनाउने

नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेट संघले ऐक्यबद्धता जनाउने

चितवन । नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गर्न लागेको घरेलु क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगलाई चितवन क्रिकेट संघले ऐक्यबद्धता जनाएको छ । चितवन जिल्ला क्रिकेट संघले नेपाली क्रिकेट विकासका लागि नेपाल टी–ट्वान्टी लिगले राम्रो भूमिका खेल्ने बताएको छ । संघले खेलाडीहरु पलायनको जटिल समस्या भोग्दै आइरहेको नेपाली खेलकुदले यो समस्य समाधानमा ठूलो भूमिका खेल्ने बताएको छ ।

‘हाम्रो देशमा उत्थान सँगै पलायनको जटिल समस्या व्यहोर्दै आइरहेको खेलकुद क्षेत्रको यो समस्यालाई यो प्रतियोगिताले पक्कै पनि केहि हद सम्म निवारण गर्छ भन्ने हाम्रो विश्वास रहेको छ,’ संघको विज्ञप्तिमा उल्लेख छ, ‘धेरै पहिला देखि चर्चाका विषय रहदै आएको व्यवसायिक क्रिकेटको अवधारणालाई चितवन जिल्ला संघले पनि जोडतोडका साथ उठान गर्दै आइरहेको र क्रिकेट खेलमा पनि खेलाडी मात्र नभई सबै संघ लगायत प्रविधिक तथा प्रशिक्षकहरु पनि लाभान्वित हुनुपर्दछ भन्ने धारणा हाम्रो मात्र नभई सबै जिल्ला संघहरूको पनि हो भन्नेमा कुनै दुईमत छैन ।’

संघले क्रिकेट खेल तथा खेलाडीहरूको स्थायित्वको लागि यस्ता किसिमको व्यवसायिक क्रिकेट प्रतियोगिता कोशेढुङ्गा साबित हुने ठहर गर्दै वर्तमान क्रिकेट संघका नेतृत्व प्रति हामी आभार प्रकट गर्दै लिगमा ऐक्यबद्धता जनाएको छ ।

 

लोकप्रिय