अस्ताए नेपाली कांग्रेस भक्तपुरका दुई तारा

अस्ताए नेपाली कांग्रेस भक्तपुरका दुई तारा

भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका नेपाली काग्रेस पूर्ब सभापति शिब भक्त थापा श्रेष्ठ र सूर्य बिनायक नगरपालिकाका वडा नं ७ का सभापति बद्री बहाद कुँवरको आज दुःखद निधन भयो । दुबै चौधौं अधिबेशनको क्षत्रीय प्रतिनिधि हुनुहुन्थ्यो ।

भक्तपुर काग्रेसका दुई लोकप्रिय नेताहरुको निधनले नेपाली काग्रेसलाई अपूर्णनिय क्षति भएको बिचार नेपाली काग्रेस भक्तपुर सभापति दुर्लभ थापा र क्षत्रनं २ का सभापति भेष बहादुर कार्कीले बताउनु भयो ।

मध्यपुर नगरपालिकाका सभापति समेत हुनु भएका शिब भक्त थापा श्रेष्ठ २०५४ सालको स्थानिय निर्बाचनमा काग्रेसको तर्फबाट वडा अध्यक्ष समेत हुनुहुन्थ्यो । आन्दोलन र पार्टी संगठनमा सदैव सक्रिय शिब भक्त थापा श्रेष्ठ का एक श्रीमती दुई छोरा र दुई छोरी छन् ।

प्रजातन्त्रको पुनस्थापनाको आन्दोलनमा नेपाली काग्रेससंग सम्बद्व र सम्पर्कमा रहेर २०४२ सालको सत्याग्रह र २०४६ सालको जन आन्दोलनमा सहयोग गर्नुका साथै २०६२÷६३ को आन्दोलनमा पनि क्रियाशील हुनुका साथै नेपाली काग्रेसको नगर, गुण्डु गाउँ र वडामा रहेर पार्टी संगठन निर्माणमा सक्रिय भुमिका निभाउनु भएको थियो । कुँवरको एक श्रीमती एक छोरा र दुई छोरीहरुछन् । कुँवरको छोरा प्रेम कुँवरले पशुपति आर्यघाटमा मुखाग्नी दिनु भएको थियो ।

दुबै नेताहरुको अन्तिम दर्शनमा भक्तपुरका सयौं नेता कार्यकर्ताको पशुपति आर्यघाटमा उपस्थिति थियो । शिव भक्त थापा श्रेष्ठको मिडसिटि हस्पिटलमा निधन भएको थियो भने कुँवरको नेपाल क्यान्सर हस्पिटल हरिसिद्विमा निधन भएको थियो ।

बेग्ला बेग्लै समयमा दुबै नेताहरुको पार्थिब शरिर माथि नेपाली काग्रेस केन्द्रिय सदश्य मदन कृष्ण श्रेष्ठ भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा ,पूर्व सभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ,क्षत्रीय सभापति भेष बहादुर कार्की मध्यपुर नगर सभापति हरिदास प्रजापति लगायतले नेपाली काग्रेस चारतारे झण्डा ओढाउनु भएको थियो ।

लोकप्रिय