किन काट्यो पुर्जी बुझ्न गाह्रो भयो : हेमन्तप्रकाश वली

किन काट्यो पुर्जी बुझ्न गाह्रो भयो : हेमन्तप्रकाश वली

 

काठमाडौं । करिब साढे दुई वर्ष अगाडि नै शान्तिपूर्ण राजनीतिमा आएका नेकपाका महासचिव नेत्रविक्रम चन्द ९विप्लव० र उनको पार्टीका नेताहरुविरुद्ध ललितपुर जिल्ला अदालतले आज ३५ दिने पक्राउ पुर्जी जारी गरेको छ ।

विप्लवको साथ छाडेर नेकपा बहुमत गठन गरेका नेताहरू विरूद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नेकपा बहुमतका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ले अदालतले पुर्जी काट्नुको कारण आफूले बुझ्न नसकेको बताएका छन् । उनले ‘क्रान्तिकारी’लाई तर्साउने वा अदालतमा हाजिर गराएर छाड्न सक्ने अनुमान गरे ।

सरकारसँग भएका तीन बुँदे सहमतिमा मुद्दा लागेकाहरुलाई छाड्ने उल्लेख भएको बताउँदै उनले भने, ‘अहिले जुन वारेन्ट जारी भएको छ, त्यो के हो भन्ने कुरा हामीलाई बुझ्न गाह्रो भएको छ ।’

 

 

लोकप्रिय