रंग फेरेर सचिव पाण्डेको गृह मन्त्रालय छिर्ने दाऊ

रंग फेरेर सचिव पाण्डेको गृह मन्त्रालय छिर्ने दाऊ

 

काठमाडौ । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीसँग पछिल्लो पटक राम्रो सम्बन्ध बनाएका भुमिसुधार सचिब टेकनारायण पाण्डेले देउवा सरकारका पालामा रंग फेर्दै गृह मन्त्रालयको सचिबमा आँखा लगाएको बुझिएको छ। ओली प्रधानमन्त्री हुदा भुमि आयोगमा घोटालामा संलग्न भै कमाएको रकम बोकेर गृह सचिब हात पार्न दौडमा अग्रता देखाएका छ्न। शिक्षाको पृष्ठभुमि भएका पाण्डे शिक्षा मन्त्रालयमा माडे प्रशासकको छवि बनाएका थिए ।
सरकार परिवर्तनसँगै स्थायी सरकार मानिने कर्मचारीतन्त्र बीचमा ठुलो फेरबदल गरिने तयारी भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दर्जनौं सविचहरुको सरुवा गरि परिवर्तनको अनुभुति गराउने अभियान थाल्ने चर्चा संगै धेरै सचिबहरु राम्रा मन्त्रालयको चाहना राख्दै शक्तिकेन्द्र धाउन थालेका छ्न।अर्थ मन्त्रालयमा मधु मरासिनी को सरुवा सगै तीन सचिबको सरुवा भएको छ।
कतिपय बिगत राम्रो नभएका मात्रै होइनन कार्य अनुभव समेत नभएका सचिबहरु शक्तिकेन्द्रमा पुगेर कतै मन्त्रालय हत्त्याउने त होइनन सरकारले रामो गरोस् भन्नेहरुले चिन्ता व्यक्त गर्न थालेका छ्न।
यसै बीच गृह मन्त्रालय जाने सचिबहरु धेरै देखिएका छ्न । हाम्रालार्इ होइन राम्रालाइै गृह मन्त्रालयमा सचिब भित्र्याउँदा चौतर्फी चुनौतीका बीच उभिएको यो सरकारबाट जनपक्षीयकाम गर्न सहज हुने विश्लेषण एकातिर छ । अर्कोतिर शिक्षाको अनुभव बटुलेका सधैं बिबादास्पद छवि बनाएका टेकनारायण पाण्डे यतिबेला गृह मन्त्रालयमा सचिब बन्न शक्तिकेन्द्र धाउन थालेको देखिएको छ । ओलि सरकारलाई सूचना दिने भुमि आयोगको घोटालामा मुछिएका पाण्डे त्यो थैलिलाइ यतिबेला प्रयोग गर्छु र गृह छिर्छु भन्दै दौडधुप लागेको उनको यस्तो रबैया बुझ्ने काङ्ग्रेसका कतिपय नेताहरू नै रुष्ट देखिएका छ्न।ओली सरकारका पालामा म त खाटी ओलिभक्त हु भन्दै हिँड्ने र ओलीका अनियमितताका काममा जोडिएका पाण्डे गृह मै आए भने सरकार फरक भएको अर्थ नरहने धेरैको प्रतिक्रिया सुनिन्छ। यो सरकारलाई नराम्रो काम गर्ने छुट छैन भनिरहदा अतित राम्रो नभएका प्रशासकहरुलार्इ यतिबेला आराम गर्ने मन्त्रालय दिनुपर्ने जोड ओलि सरकारका गतिविधि नियाल्नेहरुले बताउन थालेका छ्न।गृहको राम्रो अनुभव भएका सचिबलाई लैजाने पात्र हुदाहुदै पनि पाण्डे लाई लगे गृह प्रशासन लथालिङ्ग हुने गृहका एक सहसचिवले बताए ।

लोकप्रिय