दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु सम्बन्धी भित्तेचित्र
काठमाडौँ । विगत ३० बर्षदेखि अनवरत रुपमा नेपाल र विश्वमा अन्धोपन निवारण र नियन्त्रण गर्न पु¥याएको योगदानको कदर स्वरुप तिलगंगा आँखा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको सम्मान गर्दै नेपाल स्थित अष्ट्रेलियाली दुतावासको सहयोगमा रिलेटीभ नेपाल र सारगीं सोसल ईण्टरप्राईजेजले संयुक्त रुपमा “दृष्टिको चमत्कारले परिवर्तित जीवनहरु” शीर्षकको भित्तेचित्र निर्माण गरेको छ । यसको आज नेपालका लागि अष्टे«लियका महामहिम राजदुत फेलिसिटी भोल्क र प्रतिष्ठानका प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङ्गले संयुक्त रुपमा अनावरण गर्नु भएको छ ।
यो भित्तेचित्रको मुख्य सन्देश उपचार भएमा धेरै प्रकारका अन्धोपनहरु निवारण गर्न सकिन्छ भन्ने रहेको छ ।
यसका साथै मिथिला कलाकृतिबाट पूनः प्रयोग योग्य प्लाष्टिकका बोत्तलहरु रेसाबाट निर्मित चश्माका खोलहरु खोलहरु बनाएर स्थानिय रोजगारी श्रृजना गर्ने र सो उत्पादनलार्ई विश्वव्यापी रुपमा बेच्ने लक्ष्य रहेको छ । जसले गर्र्दा नेपालमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीहरुको विश्वव्यापी प्रचारप्रसारमा थप सहयोग पुग्नेछ । विश्वव्यापी पहँुचले अमुर्त नेपाली कला संस्कृतिको साथसाथै मिथिला कला र कलाकारहरुलाई सशत्तः बनाउन पनि ध्यानाकर्षित गर्नेछ ।

जनकपुरबाट मिथिला चित्रकारहरु निर्मला झा. राजकुमारी सिंह र अन्जिना यादवले तयार गर्नुभएको यो भित्तेचित्रले तिलगंगा आँखा प्रतिष्ठानले नेपालभर दृष्टिमा समस्या भएकाहरुको जीवनमा पारेको प्रभावको प्रतिनिधित्व गर्दछ । यो काम केही दुर्गम स्थानहरुमा गरिने आँखा शिविरहरु बाट सुरु हुन्छ जहाँबाट बिरामीहरु तिलगंगा सम्म आई पुग्छन र उपचार पश्चात खुसी भएर आफ्नो गाँउमा फर्कन्छन्् र यसरी तिलगंगा आँखा प्रतिष्ठानले बिरामीहरुको र उनीहरुको स्याहार गर्ने व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार ल्याउने अपेक्षा गर्दछ ।
मिथिला चित्रकारद्धय राजकुमारी सिंह र अन्जिना यादव आँखाको समस्याबाट गुज्रिएर उपचारपश्चात आँखा देख्ने सक्ने भएका चित्रकारहरु हुन् । चित्रकार सिंहका अनुसार मोतिविन्दु भएर चित्रकला कार्यमा धेरै गाह्रो भएको र शल्यक्रियापश्चात अहिले एकदम सहज भएको छ । त्यस्तै अर्का चित्रकार यादवको पनि अनुभव रहेको छ । त्यसैले यस चित्रमा उनीहरुले आँखाको महत्वलाई यसरी चित्रित गराउँन पाउँदा खुशी लागेको बताउँछन् ।
सारंगी सोसल इन्टरप्राइजेजले गन्र्धव समुदाय र जनकपुरका मिथिला कलाकारहरुसँग मिलेर परम्परागत कला र संगितको प्रवर्दन र संरक्षण गर्ने काम गर्नुका साथै स्थानिय सांस्कृतिक परम्पराहरुको संरक्षण, प्रवद्र्धन र २१ औं शताब्दीमा सान्दर्भिक बनाउन प्रयासरत रहेको एक गैर नाफामूखी संस्था हो ।
३ ३ ३


प्रतिकृया दिनुहोस्