बोर्डको निर्देशनअनुसार साउन मसान्तसम्म ११ कक्षाको भर्ना लिईसक्नु पर्ने
काठमार्डाैँ । छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । ‘कक्षा–११ को बिद्यार्थी भर्ना गर्ने सबन्धनमा बिभिन्न विद्यालय र क्याम्पसहरूले फरक फरक भर्ना तालिका तय गरी छोटो समयको म्याद राखी सुचना प्रकाशित भएको हुँदा देशका दुर्गम क्षेत्रका बिद्यार्थीहरुले भर्नाका लागि आवेदन दिने अवसरबाट बञ्चित भएको भनि बोर्डमा प्राप्त गुनासाहरूका सम्बन्धमा बोर्डको ध्यानाकर्षण भएको छ’ जारी सूचनामा भनिएको छ ।
‘यस सम्बन्धमा सबन्धित बिद्यालयहरुले माध्यमिक शिक्षा परिक्षा –कक्षा १०को नतिजा सार्वजनिक भएको न्यूनत्तम १५ दिनसम्म आवेदन दिनसक्ने गरी भर्ना कार्यक्रम तय गरी २०७९ साल श्रावण मसान्तसम्म बिद्यार्थी भर्ना लिने ब्यवस्था मिलाउन सबै बिद्यालयरक्याम्पसलाई सुचित गरिन्छ,’सूचनामा भनिएको छ । स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।


प्रतिकृया दिनुहोस्