चीनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैक र बैक अफ काठमाडौंको पक्षमा फैसला
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको बैक जमानत सम्बन्धी मुद्दामा चिनको हेनान् प्रान्तको उच्च अदालतले हिमालयन बैक र बैक अफ काठमाडौंको पक्षमा फैसला गरेको छ ।
ग्यारेन्टी बापतको रकम सम्बन्धित बैकलाई फिर्ता गनुपर्ने गरी उच्च अदालतले जुलाई २५, २०२२ मा पैmसला गरेपछि अब चाईना कन्सट्रक्सन बैकले काउन्टर ग्यारेन्टी बापतको रकम फिर्ता गर्नुपर्ने छ ।
फैसला अनुसार हिमालयन बैकले काउन्टर ग्यारेन्टी बापतको ६६ लाख ५५ हजार अमेरिकी डलर फिर्ता पाउने छ । यस मुद्दामा चिनको झेङ्गझाउ जिल्ला अदालतले सन् नबेम्बर ६, २०२० मा पनि नेपाली बैकहरुको पक्षमा फैसला गरेको थियो तर उक्त फैसला उपर चित्त नबुझेको भन्दै ठेकेदार कम्पनी चाइना रेलवे १५ ब्युरोले उच्च अदालतमा अपिल दायर गरेको थियो ।
हिमालयन बैक र बैक अफ काठमाडौंले सन् २००८ मा चाईना कन्सट्रक्सन बंैकको ग्यारेन्टीमा चाइना रेलवे १५ ब्यूरो कम्पनीको नाममा काउन्टर ग्यारेन्टी जारी गरेको थियो ।
हिमालयन बैक न्यायका लागि यति लामो समयसम्म अनवरत सहयोग गर्ने नेपाल सरकार मन्त्री परिषदको कार्यालय, परराष्ट्र मन्त्रालय, खानेपानी तथा सरसफाई मन्त्रालय, चीन सरकारसंग सम्बन्धित संस्थाहरु, बेजिङ्ग स्थित नेपाली राजदूतावास, चिनका लागि नेपाली पुर्वराजदूतहरु, नेपाल राष्ट्र बैक, मेलम्ची खानेपानी आयोजना र बैकको पक्षमा वकालत गर्ने वरिष्ठ अधिवक्ताहरु लगायत प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्ने सबैमा बैकले हार्दिक धन्यबाद ज्ञापन गर्न चहान्छ ।


प्रतिकृया दिनुहोस्