आज पनि बढ्यो सुनचाँदीको मूल्य,

आज पनि बढ्यो सुनचाँदीको मूल्य,

काठमाडौं।  साप्ताहिक कारोबारको अन्तिम दिन आज (शुक्रबार)नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो। तोलामा ७०० रुपैयाँ बढेपछि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य ९६ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि बिहीबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९८ हजार १०० र तेजाबी सुन प्रतितोला ९५ हजार ६०० रुपैयाँ प्रतितोलाका दरले किनबेच भएको थियो।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २२० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार २१० रुपैयाँ थियो।

लोकप्रिय