सहकारीहरुको लागी COOP कार्डको सेवा शुभारम्भ
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति पत्रप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडे विगत २० वर्ष देखि बैंक तथावित्तीय संस्थाहरुलाई एटीम कार्ड सेवाउपलब्ध गराउँदै आइरहेकोमा अबदेखि सहकारीहरुको लागि सहकारी पहिचान सहितको कोपकार्डको सेवा राष्ट्रिय सहकारी बैंक लिमिटेड र ग्लोबल आइएमई बैंक लिमिटेडबीचको सहकार्यमा राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा समुद्घाटन गरी शुभारम्भ गरियो।
नेपाल राष्ट्र बैंकको नीति तथा निर्देशन अनुरुपयस स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडले समग्र भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमा एटीएम कार्ड, स्मार्टक्यूआर मोवाइल बैंकिङमार्फत आफनो सेवादिँदै आएकोे छ । अहिले सम्मबैंक तथावित्तीय संस्थाहरुलाई मात्र सुबिधा पु¥याउँदै आइरहेकोमा हाल बढ्दै गएको सहकारीका ेभुमिका र कारोवार समेतलाई मध्यनजर गर्दै सहकारीहरुले पनि न्यूनतम लागतमा सहजै एटीएमकार्ड जारी गर्न सक्नेप्रविधि र प्रकिया मिलाईएकोे छ ।विगतकेहि समय अगाडि देखि एससीटी) ले १०० भन्दा बढी सहकारीहरुलाई कार्ड सेवा दिइसकेता पनि यसलाई अझबढी प्रभावकारी बनाउन र सहकारीका सबै सदस्यलाई सेवा पु¥याउन राष्ट्रिय सहकारी बैंक लिमिटेडको सहकार्यमा बैंकमा आबद्ध सम्पूर्ण सहकारीहरुलाई एउटै ब्राण्डको कोप कार्ड जारी गरी संचालनमा ल्याउन लागेको हो ।यसरी प्रदानगर्ने कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्टाक्टलेश प्रबिधिमाआधारीत हुने र नेपाल तथा भारतका एटीएम÷पोस जुनसुकै स्थानबाट सहजै चलाउन सकिने छ ।

यस कोप कार्ड ग्लोबल आइएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंक मार्फत सहकारीहरुले जारी गर्नेछन । यस सहकार्य पश्चात सम्पूर्ण सहकारीहरुले सजिलैराष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरि कोप कार्ड जारी गर्न सक्नेछन । सहकारीहरुले आफनो सदस्यहरुलाई कोप कार्डको वितरण गरे पछि सहकारीमा आबद्ध सदस्यहरुले आफ्नो सहकारीको खातावाट जुनसुकै बेला जहाँवाट पनिएटीएम मार्फत रकमनिकाल्न सक्नेछन भने, पोस को माध्यमवाट कुनै पनि सेवावा वस्तु खरिद गर्न सक्नेछन । यो सुविधाका कारण सदस्यहरुको सहकारी प्रतिविश्वास बढ्दै जाने, नगद कारोबार कमभएर औपचारिक रुपमा बचत परिचाल नहुने र वित्तीयसेवा २४घण्टा उपलब्धहुनेछ ।
यस सहकार्यले समग्र सहकारी क्षेत्रको भुक्तानी प्रणालीमा र विद्युतीय कारोवारमापहुँच बढदै जाने र साधारण बैंकिङ कारोवारको लागि बैंक गइरहनु पर्ने बाध्यतावाट मुक्तिदिनेछ र सहकारीहरुको विकासमाथप योगदान पुग्न जाने आशा लिईएको छ ।
कार्ड शुभारम्भ कार्यक्रम लाई प्रमुख अतिथीको रूपमा सम्बोधन गर्दै,माननीय भूमि व्यवस्था, सहकारी तथा गरिवीनिवारण मन्त्री शशी श्रेष्ठले सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता एवम् विकास मार्फत उपलब्ध साधन श्रोतको अधिकतम परिचालनद्वारा तीब्र आर्थिक बृद्घि हाँसिल गर्दै दिगो आर्थिक विकास गर्दै शोषणरहित समाजको निर्माण गर्ने लक्ष्य सरकारले लिँदै आएको बताउनुभयो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री बद्रीकुमार गुरागार्इंले सहकारीमा प्रबिधिको महत्व र उपयोगिताका बारेप्रतिवेदन प्रस्तुत गर्दै यस सेवाद्धारा सहकारीहरुलाई विद्युतीय कारोवारका लागि थप प्रबिधियुक्त सुविधाहरू दिँदै जाने र सहकारीहरुलाई अझ सवल बनाउँदै जाने विश्वास ब्यक्त गर्नु भयो ।
ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्री रत्नराज बज्राचार्यले आफनो मन्तव्यमा ग्लोबल बैंकले यस सहकार्यमा सहभागीभई सहकारी क्षेत्रमा पनिकेहि टेवा पुरयाउन पाएकोमा खुशि ब्यक्त गर्नुभयो ।
स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडका अध्यक्षसुमन पोखरेललेविद्युतीय भुक्तानी प्रणालीमा सहकारी क्षेत्र पनि जोडिन पाउँदा सहकारी क्षेत्रको समग्र सेवाको विविधिकरण हुने विश्वास व्यक्तगर्दै एससीटीले बैंक तथा वित्तीय संस्थासँग सधैँ सहकार्य गर्न इच्छुक रहेको धारणा राख्नुभयो । सेवा क्षेत्रमा प्रबिधिको आवश्यकतारहँदै आएको सन्दर्भमा यस्ता सेवाहरू थपिँदै जाँदा संस्थाहरूको सेवा प्रविधियूक्तहुने धारणा समेत अध्यक्ष पोखरेलले व्यक्तगर्नुभयो ।
कोप कार्ड सार्वजनिक कार्यक्रममा तारापुन्ज मल्टिप्रपोज कोअपरेटिभ लिमिटेड, मुनाल सेभिङ्गएण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड र फ्रेन्डस सेभिङ्गएण्ड क्रेडिट को–अपरेटिभ लिमिटेड गरी तीनसहकारी पुरस्कृत हुनुभएको थियो ।


प्रतिकृया दिनुहोस्