देश बनाउन एउटै सोच विचार भएको व्यक्ति हुनुपर्दछ :  अध्यक्ष ओली

देश बनाउन एउटै सोच विचार भएको व्यक्ति हुनुपर्दछ :  अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताहरुले केही गरेनन् अब स्वतन्त्रले गर्छ भनेर हल्ला चलाइदिने गरेको आरोप लगाएका छन् ।एक ठाउँको एउटा स्वतन्त्रले एकछिन मनोरञ्जन गर्नु एउटा कुरा हो भन्दै ओलीले छिटफुट र अपवादका रुपमा स्वतन्त्र भयो भन्दैमा देशको समग्र योजनावद्ध विकास, उन्नति प्रगति हुन नसक्ने बताए । स्वतन्त्रहरुका सोच हुन्छन् कि हुँदैनन् ?’ ओलीले भने, ‘हुन्छन् भने बेग्लाबेग्लै सोचका मान्छेहरु आएर एउटै तालमा कसरी जान्छन् ?’

सरकारमा पुग्न मात्र स्वतन्त्र भनेको हो कि भन्ने प्रश्न गर्दै ओलीले भने, ‘सरकारमा पुगेपछि कसको सोच कसले मान्ने रु हुने कुरै होइन त्यो, तर एउटा हल्ला के चलाइदिन्छ भने स्वतन्त्र भनेर चलाइदिन्छ, संभव हुने कुरै होइन त्यो ।’देश बनाउन फरक फरक सोच भएका व्यक्ति नभई एउटै सोच र उद्देश्य भएका व्यक्तिहरु एक हुनु पर्ने ओलीको भनाइ छ ।

दुनियाँका मान्छे सबै पागल भएर दलीय सिस्टम आएको हो र र? भन्ने प्रश्न गर्दै ओलीले भने ‘मेचीदेखि महाकालीसम्मको मान्छे एउटा कार्यक्रम र एउटा उद्देश्यमा चलेन भने राष्ट्र निर्माण कसरी हुन्छ ?’

 

 

लोकप्रिय